३० बैशाख २०७९, शुक्रबार

रामेछाप । रामेछापमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

जल्लाको दुई स्थानमा झडप भएपछि गोली चलाउनु परेको हो । जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्र र खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा भएको झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली चलाउनु परेको जिल्ला पहरी कार्यालय रामेछापले जनाएको छ ।

तनावपछि मतदान नै रोकिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV