३० बैशाख २०७९, शुक्रबार

दैलेख । दैलेखको ठाटिकाध गाउँपालिकामा एमाले र मज्दुर किसान कार्यकर्ताबीच झडप भएको छ ।

ठाटिकाध–६ को मालिका मा.वि. पाचाला मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो । दुई पक्षबीच झडप भएपछि हुँदा मतदान स्थगित भएको छ ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ । सर्वदलीय बैठक बसेर  निर्णय गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । त्यहाँ अहिले प्रहरी परिचालन गरी सुरक्षा संयन्त्र बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV