
बारा । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच झडप हुँदा एक जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक जनाको टाउको फुटेको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।