३० बैशाख २०७९, शुक्रबार
  • अनमोल कार्की

रौतहट । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झाले मतदान गरेका छन् । शुक्रबार बिहानैबाट लाइनमा बसेर झाले मतदान गरेका हुन् । उनले गढीमाई नगरपालिकाको सुन्दरपुर प्रा.वि.मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सर्वसाधारणको लाईनमा बसेर मतदान गरेका झाले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मतदान भ‌एकाले उत्साह पूर्ण ढंगले यो अभियानमा सहभागी हुन नागरिकलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV