३० बैशाख २०७९, शुक्रबार

दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नं १ र २ मा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेका छन् । वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र वडा नं २ का मतदानस्थलमा बिहीबार रातिदेखि नै उनीहरुले बुथ कब्जा गर्न खोजेपछि मतदान कार्य प्रभावित भएको छ ।

रातिदेखि नै खटिएका कांग्रेस कार्यकर्ताले अन्य दलका कार्यकर्ताहरुलाई मतदान स्थलमा प्रवेश गर्न नदिएपछि झडपको स्थिति आएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV