३० बैशाख २०७९, शुक्रबार

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनले मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका हुन ।

चुनावमा पैसाको बिगबिगी भएको बताएका छन् । रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका हुन् ।

मतदान पछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताए । ‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV