३० बैशाख २०७९, शुक्रबार

सिरहा । जिल्लाको औरही गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सिद्धार्थ यादव पैसा बाँडको आरोपमा पक्राउ परेका हुन् ।

गएराति औरही गाउँपालिका वडा नं. ४ को एक टोलमा मतदातालाई पैसा बाँड्न गएको आरोप लगाउँदै स्थानीय नेपाली कांग्रेस र जसपाका कार्यकर्ताहरुले उनलाई घेराउ गरेका थिए । सो क्रममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप समेत भएको बताइएको छ। सोही क्रममा उम्मेदवार यादव पक्राउ परेका हुन् ।

झडपको खबर थाहा पाएर प्रहरी घटनास्थल पुगेको थियो । झडपका क्रममा एकजना कांग्रेस कार्यकर्ता घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV