३० बैशाख २०७९, शुक्रबार

एजेन्सी । यो सिजको स्पेनिस ला लिगा च्याम्पियन बनिसकेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रियलले लेभान्टेलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

रियललाई सानदार जित दिलाउको लागि ब्राजिली युवा विंगर भिनिसियस जुनियरको ह्याट्रिक गरे । फर्लान्ड मेन्डी, कप्तान करिम बेन्जेमा र रोड्रिगोले समान एक-एक गोल थपे ।

खेलको १३औं मिनेटमा फर्लान्ड मेन्डीले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए । त्यसपछि भिनिसियसले ह्याट्रिक गरे । उनले ४५औं, ६८औं र ८३औं मिनेटमा गोल गरेका थिए ।

यो सानदार जितसँगै च्याम्पियन बनिसकेको रियल म्याड्रिडको ४६ खेलबाट ८४ अंक पुगेको छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV