२९ बैशाख २०७९, बिहीबार

काठमाडौं । काठमाडौँ महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौंका अन्य पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालयमा गणना हुनेछ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौंका सबै पालिकाका मत गणना स्थलमा जाली लगाइएको छ । यसै गरी मत गणनाका लागि कर्मचारीहरु खटाइको छ । काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइनेछ ।

सबै मतपेटिका आइसकेपछि सर्बदलीय बैठक बस्नेछ । त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ । खतिवडा भन्छन्, ‘हामीले एक पटकमा ५ वटा वडाको गणना गर्ने तयारी गरेका छौँ ।’

राष्ट्रिय सभा गृहको मत गणना परिणामलाई सार्वजनिक गर्न काठमाडौँ महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखेको छ । यसै गरी आमसञ्चारकर्मीको रिपोर्टिङ् सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्ने, सञ्चार कक्षबाट मत गणना घोषणाको एचडी फरम्याट (एसडीआई र एचडीएमआई)बाट प्रत्यक्ष प्रसारण गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV