२९ बैशाख २०७९, बिहीबार

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् ।

उनलाई जनकपुरधामस्थित सीताशरण होटलबाट झोलासहित बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो । अध्यक्ष मियिाँलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले पक्राउ गरेको हो । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV