२९ बैशाख २०७९, बिहीबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमो सिटीले विल्भ्सलाई उसैको मैदानमा ५–१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनो लागि बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाको चार गोल गरे । सिटीका लागि थप एक गोल रहिम स्टर्लिङको नाममा रह्यो । वल्भ्सका लिन्डर डेन्डनकरले एक गोल फर्काए ।

डि ब्रुएनाले खेलको सातौं, १६औं, २४औं र ६०औं मिनेटमा गोल गरेका थिए । स्टर्लिङले ८४औं मिनेटमा गोल गर्दा वल्भ्सका लागि डेन्डनकरले ११औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै उपाधि संघारमा रहेको सिटीको ३६ खेलबाट ८९ अंक पुग्दा दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि पारेको छ । पराजित वल्भ्स ५० अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV