२८ बैशाख २०७९, बुधबार

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–६ को तोमनडाँडा आधारभूत विद्यालय मतदात केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी कांग्रेस प्रतिनिधि धारिलो हतियार खुकुरीसहित पक्राउ परेका छन् ।

बुधबार मतदान अधिकृतले आह्वान गरेको मतदात केन्द्रस्तरीय सर्वदलीय बैठकमा उपस्थित कांग्रेसका प्रतिनिधि मनोज गुरुङ पक्राउ परेका हुन् । गुरुङले बोकेका झोलाबाट प्रहरीले खुकुरी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुरुङ नेपाली कांग्रेसको भातृसंस्था तरुण दलमा आवद्ध रहेको खुलासा भएको छ । मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले गुरुङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV