२८ बैशाख २०७९, बुधबार

काठमाडौं । प्रशान्त नील निर्देशित यशको फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा अझैं पनि राम्रो कलेक्शन गरिरहेको छ । ‘केजीएफ २’को बक्स अफिस कलेक्शन दिन प्रतिदिन बढ्दै गएको छ ।

यशको फिल्म ‘केजीएफ च्याप्टर–२’ १२ सय करोडको आँकडा नजिक पुगेको छ । ट्रेड एनालिस्ट मनोबाला विजयबलनका अनुसार ‘केजीएफ च्याप्टर २’ ले छिट्टै नयाँ कीर्तिमान बनाउन लागेको छ । चौथो साताको पाँचौं दिनसम्म फिल्मले विश्वभर ११६२ करोड कमाएको उनले बताएका छन् ।

यस्तो छ केजीएफ–२ को वल्र्डवाइड कलेक्शन

पहिलो साता–७२०.३१ करोड
दोस्रो साता–२२३.५१ करोड
तेस्रो साता–१४०.५५ करोड

चौथो साताः
पहिलो दिन–११.४६ करोड
दोस्रो दिन–८.९० करोड
तेस्रो दिन–२४.६५ करोड
चौथो दिन–२५.४२ करोड
पाँचौं दिन–८.०७
कुल–११६२.८७ करोड

ओटीटीमा चाँडै रिलिज गरिने

यश, सञ्जय दत्त, रविना टण्डन, श्रीनिधि शेट्टी र प्रकाश राजलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको केजीएफ २ चाँडै नै ओटीटीमा रिलिज हुने भएको छ । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार ‘केजीएफ च्याप्टर २’का निर्माताले फिल्मको ओटीटी अधिकार करिब ३२० करोड भारुमा विक्री गरेका छन् । यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा कन्नड, तमिल, तेलुगु, मलायालम र हिन्दी जस्ता भाषाहरूमा २७ मे २०२२देखि स्ट्रिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV