२८ बैशाख २०७९, बुधबार

काठमाडौं । साउथका सुपरस्टार महेश बाबुले हिन्दी फिल्ममा काम गरेर आफ्नो समय खेर नफाल्ने बताएका छन् । एक फिल्मको ट्रेलर रिलिजको क्रममा सुपरस्टार महेश बाबुलाई बलिउडमा पनि डेब्यु गर्ने हो कि ? भनेर प्रश्न सोध्ने क्रममा यस्तो जवाफ फर्काएका हुन् ।

महेश बाबुले बलिउडले आफूलाई खर्च गर्न नसक्ने भन्दै हिन्दी फिल्ममा काम गरेर आफ्नो समय खेर फाल्न नचाहेको जवाफ दिएका हुन् । महेश बाबुको यो बयानसँगै उद्योगमा हंगामा मच्चिएको छ । साथै महेश बाबुले एउटा फिल्म गरेवातप् कति शुल्क लिन्छन् ? भन्नेबारे सबैको ध्यानाकर्षण भएको छ ।

४ वर्षको उमेरदेखि नै अभिनय गर्दै आएका महेश बाबु दक्षिण भारतका चर्चित स्टार हुन् । कुनै पनि हिन्दी फिल्ममा काम नगरेपनि उत्तर भारतमासमेत उनको फ्यान फलोइङ निकै छ । उनका डब गरिएका फिल्महरू निकै चासोका साथ हेरिन्छन् ।

४६ वर्षीय पुगिसकेका सुपरस्टार महेशबाबुले अहिलेसम्म साउथ इन्डस्ट्रीमा आफ्नो पूरा जीवन बिताएका छन् । मिडिया रिपोर्टका अनुसार महेश बाबुले पछिल्लो समय आफ्नो शुल्क निकै बढाएका छन् ।

रिपोर्टका अनुसार पहिले उनले एउटा फिल्मका लागि ५५ करोड लिने गर्थे, भने पछिल्लो समय उनले ८० करोड लिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV