२८ बैशाख २०७९, बुधबार
  • विनय तिम्सीना,

इलाम । इलामको गोलाखर्क भञ्ज्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

माइखोलाबाट इलाम आउँदै गरेको मे ४ प ६५४४ नम्बरको मोटरसाइकलले झापाबाट पाँचथर जाँदैगरेको ना ४ ख ५६६९ नंबरको ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ट्रकको पछाडिको टायरले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक पाँचथर घर भई इलाम नगरपालिका-९ सेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राईको मृत्यु भएको हो ।

अहिले ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय इलामले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV