२७ बैशाख २०७९, मंगलवार

काठमाडौं । कवि तारा अधिकारीको काव्यकृति ‘म भित्रको म’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा.विष्णु विभु घिमिरेको उपस्थितिमा कवि अधिकारीको ‘म भित्रको म’ लोकार्पण गरिएको हो ।

अमेरिककाको कोलोराडोमा बसेर साहित्य सेवामा समर्पित अधिकारीको कविता सङ्ग्रहभित्र ४९ कविता समावेश छन् । डा. शान्तिमाया गिरीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको औपचारिक कार्यक्रममा कविता कृतिमाथि डा. रेणुका सोलु र ऋषभदेव घिमिरेले समिक्षात्मक धारणा राखेका थिए ।

कृतिभित्र भूमिकासमेत लेखेका प्रा.डा. खगेन्द्र लुइँटेलले कृतिको संक्षिप्त टिप्पणीसहित शुभकामना राख्दै स्रष्टा अधिकारीलाई बधाई व्यक्त गरे । सोही अवसरमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको शुभकामना तथा बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष पदम बिशवकर्माका शुभकामना पढेर सुनाइएका थिए ।

सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि ई.सन्तोष पोखरेल र कवि रुद्र अधिकारीले ‘म भित्रको म’ कविता सङ्ग्रहाबाट रचना वाचन गरेका थिए । महेश पौडेलको सम्पादन रहेको कृतिको आवरण तथा वर्णविन्यास रमेश दाहालले गरेका हुन् ।

लोकार्पण कार्यक्रमको सञ्चालन कवि रञ्जना निरौला गरेकी थिइन् । समारोहमा साहित्यकार युवराज नयाँघरे, साहित्यकारहरु राधेश्याम लेकाली, गोविन्द गिरी प्रेरणा, नारायण होमगाईं कलकत्ता, उपमा आचार्य, दीपा राई, मधु पाठक, सुष्मा आचार्य, आँचल शर्मा, गीता कार्की, दीक्षा भण्डारी, भवानी भट्ट, प्रगती राई, सुमन वर्षा, भूवन सिवाकोटीलगायतका साहित्य सर्जकहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV