२७ बैशाख २०७९, मंगलवार

काठमाडौं । सस्तो डीलले विकास तथा सहयोगका लागि स्वीस एजेन्सी (एसडीसी) र युएन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसीडीएफ)सँग नयाँ साझेदारी सम्झौता गरेको छ । उक्त सम्झौताले कम्तीमा ६० प्रतिशत महिलाहरुको स्वमित्वमा रहेका ३,५०० लघु, साना तथा मझौला उद्यम (एमएसएमई)लाई डिजिटलाइज गर्न मद्दत गर्ने भएको छ ।

एसडीसी र यूएनसीडीएफको एक लाख डलरको संयुक्त कोषबाट नेपालको स्थानीय अग्रणी ई–कमर्स कम्पनी सस्तो डीलले डिजिटल मार्केटप्लेसहरूमा पहुँच प्रदान गर्न प्रदर्शनमा आधारित अनुदान र प्राविधिक सहयोग प्राप्त गर्नेछ । जारी गरिएको संयुक्त विज्ञप्तीमा साझेदारीले एमएसएमईहरूलाई नेपालको ग्रामीण क्षेत्रहरूमा भुक्तानी, डेलिभरी र विक्रीपछि सेवाहरू डिजिटलाइज गर्न मद्दत गर्ने र उनीहरूको विक्री बढाउन तथा उनीहरूलाई महामारीको प्रभावबाट पुनः प्राप्ति गर्न मद्दत गर्ने उल्लेख गरिएको छ ।

नेपालको सातवटै प्रदेशमा एमएसएमईहरूसँग काम गर्दै सस्तोडीलले ठूला व्यवसायहरू र एमएसएमईहरूबीचको डिजिटल विभाजनलाई पुलको रुपमा मद्दत गर्ने बताइएको छ । यूएनसीडीएफसँगको साझेदारीमा पहिलो पटक एमएसएमईले सस्तो डील ई–वाणिज्य प्लेटफर्ममा पहुँच प्राप्त गर्नेछ ।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले भनेकी छन्, ‘स्वीट्जरल्याण्ड नेपाली एमएसएमईहरूलाई बाह्य धक्काहरूप्रति लचिलो बनाउन सहयोग गर्न प्रतिबद्ध छ । यस साझेदारीको माध्यमबाट एसडीसीले डिजिटल समाधानहरूको लाभ उठाउने र एमएसएमईलाई बजार र नेटवर्कहरूमा पहुँच प्राप्त गर्न, तिनीहरूको लेनदेनहरू डिजिटलाइज गर्न र अन्ततः पूँजीको नयाँ स्रोतहरू पहुँच गर्न मार्ग बनाउने लक्ष्य राखेको छ ।’

यूएनसीडीएफका एशिया क्षेत्रीय संयोजक मारिया पेर्डोमोले भनेकी छन्, ‘यूएनसीडीएफले नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेको एमएसएमईको डिजिटल रूपान्तरणलाई बढावा दिएर देशको डिजिटल इकोसिस्टमको समावेशितालाई अगाडि बढाउन एसडीसी र सस्तो डीलसँग साझेदारी गर्न पाउँदा गर्व लागेको छ । यस परियोजनाबाट यूएनसीडीएफले कोभिड–१९ आर्थिक पुनः प्राप्तिलाई तीव्र पार्दै नेपाललाई थप समावेशी र बाह्य झट्काहरूप्रति लचिलो बन्न मद्दत गर्ने आशा राखेको छ ।’

त्यस्तै, सस्तो डीलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले भनेका छन्, ‘नेपालको अग्रणी स्थानीय ई–कमर्स कम्पनीको रूपमा हाम्रो मुख्य जिम्मेवारी राष्ट्रमा डिजिटल विभाजनलाई पुलको काम गर्नु हो । नेपालको भू–भाग र प्रविधि र पूर्वाधारको सहरी र ग्रामीण क्षेत्रबीचको असमान वितरणलाई हेर्दा यो निकै ठूलो काम हो । यस परियोजनाको साथ हाम्रो लक्ष्य ग्रामीण क्षेत्रका उद्यमीहरूलाई डिजिटल प्रविधिहरू र सस्तो डील जस्ता ई–कमर्स प्लेटफर्महरू प्रयोग गरेर सहरी क्षेत्रका उद्यमीहरूले पाएका अवसरहरू दिनु हो । हामी पनि उत्साहित छौं र नेपालका लागि यो महत्वपूर्ण परियोजनामा यूएनसीडीएफ र एसडीसीसँगको सहकार्यको लागि तत्पर छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV