२७ बैशाख २०७९, मंगलवार

काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन् ।

केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सञ्जु सुतेको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाँकेको राप्ती सोनारी गाँउपालिका स्थायी घर भएकी २३ वर्षिया सञ्जुले काठमाडौंमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन उनी काठमाडौं आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV