
- युवराज आचार्य,
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको मुहार फेर्न र समृद्धिका लागि चुनावी तालमेल गरेको बताएका छन् ।
गृह जिल्ला झापाको मेचीनगरमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराएर तालमेललाई अनुमोदन गर्न मतदाता समक्ष आग्रह गरे ।
‘काँग्रेसलाई एक्लै चुनाव नलडौँ भन्ने नलागेको होइन,’ उनले भने, ‘सहकार्यबाट अघि बढ्दा देशका लागि राम्रो हुने निष्कर्षका साथ पार्टीले चुनावी तालमेल गर्ने निणर्य लिएको बताए ।’ साथै यस गठबन्धनलाई जनता सबैले साथ दिने विश्वास व्यक्त गरे ।