२५ बैशाख २०७९, आईतवार

काठमाडौं । विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी नेतृ समीक्षा बास्कोटाले आफू मेयरमा उठेपछि सबैभन्दा पहिले फोहोर व्यवस्थापनमा ध्यान दिने बताएकी छन् ।

आइतबार काठमडौंमा आयोजित वागमती किनारका पालिकाहरुमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरुसँगको अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा बोल्दै बास्कोटाले घरबाट नै फोहोरको व्यवस्थापन गर्न सकिने बताउँदै घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने बताउबताइन् ।

मेयरकी उम्मेदवार बास्कोटाले भनेकी छन्, ‘सबैभन्दा पहिले हाम्रो फोहोर व्यवस्थापन हुनुपर्छ । यो फोहोर व्यवस्थापनको सबैभन्दा ठूलो श्रोत भनेको हाम्रो घरघरबाट नै फोहोर छुट्टिनुपर्छ । कुहिने र नकुहिने फोहोर घरबाटै छुट्टिनुपर्छ । हामीले अर्को कुरा प्लाष्टिकको कम प्रयोग गर्ने हो ।’

मेयरकी उम्मेदवार बासकोटाले काठमाडौं महानगरपालिकाभित्र रहेका खुल्ला क्षेत्रलाई सर्वसुलभ पार्क बनाउने आफ्नो पार्टीको योजना रहेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV