२५ बैशाख २०७९, आईतवार
  • ललिता साह,

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ को मुसहरी टोलमा भित्री खेतमा जाने क्रममा ट्र्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ ।

शनिबार दिउँसो काम सकेर बेलुकी फर्किने क्रममा खेतको बाटोमा प्र.२–०१–००१ त. २००१ नम्बरको ट्र्याक्टर आफै अनियन्त्रित भई पोखरीमा पल्टिदा ट्र्याक्टर चालक १९ वर्षीय स्थानीय शिव पौदारको मृत्यु भएको हो ।

उनको शवलाई कानूनी प्रतिक्रिया पूरा गरी दुर्घटना भएको ट्र्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV