२५ बैशाख २०७९, आईतवार

काठमाडौं । आगामी वैशाख ३० को स्थानीय तहकाे निर्वाचनका लागि सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका क्रममा बिरामी परेका छन् ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव प्रसाद बूढाथोकीका अनुसार शेख इस्तिहारसहित वडा सदस्यका उम्मेदवारहरु चुनावी अभियानका क्रममा बिरामी परेर अस्पताल भर्ना गरिएको न्यूज २४ लाई बताए ।

उनका अनुसार बिरामी परेका उम्मेदवारहरूलाई उपचारका लागि वीरगन्ज पठाइएको छ ।

सर्लाहीका हवाल्दार गणेश कँडेलका अनुसार चुनाव प्रचारका क्रममा मिठाइ खाएपछि बिरामी परेको खबर प्राप्त भएको छ । उम्मेदवारहरु के कारणले एक्कासी बिरामी भए भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

‘माओवादी उम्मद्वारहरु बिरामी परेर वीरगञ्ज हस्पिटल लगिएको सूचना प्राप्त भएको छ । के कारणले उम्मेदवारहरु बिरामी पर्नुभयो अनुसन्धान भइरहेको छ,’ उनले भने ।

वीरगन्जमा उपचारका लागि लैजादा अस्पतालले परीक्षणका क्रममा मिठाइमा विष देखिएको सूचना दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV