२५ बैशाख २०७९, आईतवार
  • रामगाेपाल तमखु

भक्ततपुर । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले शनिवार कटुञ्जेमा सूर्यविनायक नगरपालिकाको नगर स्तरीय वृहत चुनावी सभा आयोजना गरेको छ ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावालाई मध्यनजर गरी आयोजना गरिएको सभामा ठूलो संख्यामा कार्यकर्ताहरु हभागिता बनेका थिए ।

अपराह्न आमसभा आयोजना हुने समयमा पानी परेर केही ब्यवधान परेको भएपनि ठूलो जनसमुदायमा सहभागी मतदाताहरु घरका पेटी, पसल, र चौतारा मुनि ओत लागेर भएपनि नेता, उम्मेदबारहरुको सम्बोधन सुनिरहेको देखिन्थ्यो ।

चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागि हुने निश्चित गरिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा मौसम प्रतिकूलताकै कारण सहभागी हुन सकेनन् ।

भौतिक रुपमा सहभागि हुन नसके पनि मन सूर्यविनायका कार्यकर्ताको साथमा रहेको उल्लेख गर्दे शर्माले सन्देश पठाउनु भएको थियो ।

उक्त सभामा भाग लिन सूर्यविनायक नगरका १० वटा वडाबाट उम्मेदबारहरु सहितका जुलुस चक्रपाणी चोकमा आएको थियो ।

चुनावी सभामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेल, नगर उपप्रमुखका उम्मेदवार नेकपा(एकिकृत समाजवादी) श्यामसुन्दर बस्नेत, १० वटै वडाका वडा अध्यक्ष सहीत महिला, महिला दलित तथा वडा सदस्यहरुलाई टिका, माला र खाँदा लगाएर स्वागत गरिएको थियो।

 

चुनावी सभामा नेपाली काग्रेस, भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, काग्रेस केन्द्रीय सदस्य रमा पौडेल, नेकपा(एकिकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज सावित्रा पौडेल, नेपाली काग्रेसका नेता सुरेन्द केसी, काग्रेस जिल्ला सदस्य भेष बहादुर कार्की, सूर्यविनायक नगर पालिकाको नगरप्रमुख पदका उम्मेदवार निशान ढुंगेल, उपप्रमुख पदका उम्मेदवार एकिकृत समाजवादीका श्यामसुन्दर बस्नेत, सूर्यविनायक नगरपालिका चुनाव परिचालन समितिका सह संयोजक श्रीकृष्ण बासु लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व, नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांंग्रेसमहाधिवेशन प्रतिनिधि विष्णुराज कार्की गर्नुभएको थियो ।

कार्यक्रम संचालन काग्रेस सूर्यविनायक नगर समिति सचिव विश्वराम थापा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV