२५ बैशाख २०७९, आईतवार
  • राम गोपाल तमाखु

भक्तपुर । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले शनिवार कटुञ्जेमा सूर्यविनायक नगरपालिकाको नगर स्तरीय चुनावीसभा आयोजना गरेको छ ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावालाई मध्यनजर गरी आयोजना गरिएको सभामा ठूलो संख्यामा मतदाताहरु सहभागिता बनेका थिए । आमसभा पानी परेर केही प्रभावित भएको थियो । घरका पेटी, पसल, र चौतारामा ओत लागेर उम्मेदवारहरुको सम्बोधन सुनिरहेको देखिन्थ्यो ।

चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुने बताइएको थियो । तर, पानी परेर उनी उपस्थित हुन सकेनन् । शर्माले सन्देश भने पठाएका थिए ।
उक्त सभामा सूर्यविनायक नगरका १० वटा वडाबाट उम्मेदवारहरु सहभागी भएका थिए ।

चुनावी सभामा नगरप्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका निशान ढुंगेल, नगर उपप्रमुखका उम्मेदवार नेकपा(एकिकृत समाजवादी) श्यामसुन्दर बस्नेत, १० वटै वडाका वडा अध्यक्षसहित महिला, महिला दलित तथा वडा सदस्यहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV