२४ बैशाख २०७९, शनिबार

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा एक जना वडा अध्यक्ष पदका उमेदवारले झुठो आरोप लगाएर भोट मागेको खुलेको छ । गाउँपालिकाको वडा नं. १ जुभिङका उमेदवार कुमार राईले अरुण राईलाई एक महिलासँग अनैतिक सम्बन्ध रहेको आरोप लगाई भोट मागेको खुलासा भएको हो ।

उक्त आरोप लगाई उनले आफूलाई भोट दिएको खण्डमा कसैलाई थाहा नदिई गुपचुप राख्ने बताएका थिए । आफूमाथि झुठो आरोप लागेपछि अरुण राईले निस्पक्ष छानवीन गरी न्याय दिलाउनका लागि वडा कार्यालयमा निवेदन पेश गरेका छन् ।

उमेदवार कुमार राई

तर, वडा कार्यालयले छलफलका लागि विपक्षीहरुलाई बोलाउँदा विपक्षीहरु भने अनुपस्थित रहेका थिए । उनीहरुले निर्वाचनपश्चात मात्रै छलफल गर्ने भनी छलफलमा सहभागी नभएको वडा अध्यक्ष अगम कुमार राईले जानकारी दिए ।

गाउँमा आयोजित विवाह समारोहमा आफूले पाएको जिम्मेवारीलाई निर्वाह गरेर रातको समयमा आफ्नो घर फर्कदैँ गर्दा सरोज राईको अनुरोधमा उनकै घरमा बास बसेका थिए । बिहान उठेर आफ्नो कार्यमा लाग्दै गर्दा उनलाई कुमार राईलगायतले महिलासँग अनैतिक सम्बन्ध रहेको भनी आरोप लगाई आफूलाई भोट दिएको खण्डमा उक्त कुरा कसैलाई नसुनाउने बताएका थिए ।

विहान ६ बजेको समयमा कुमार राईले आफ्नै घरमा चिया पिएर जान भनी अरुण राईलाई बोलाएर ‘श्रीमान नभएको घरमा किन वास बसेको ?’ भनी महिलासँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएका हुन् । आरोप लगाउनेहरुमा अध्यक्षका अमेदवार कुमार राईसहित जीवन राई, दावा राई, श्रीप्रसाद राई, गोपाल राई र बाल कुमार राई रहेका छन् । उनीहरुले व्याब्दू टोलको भोट नेकपा एमालेलाई दिएको खण्डमा उक्त कुरा आरोपित महिला र उनको परिवारलाई समेत नसुनाई गुपचुप राख्ने बाताएका थिए ।

रातको समयमा आफ्नो घरमा घेरा हालेको र झ्यालबाट चिहाउने क्रममा श्रीमति ममता राईले दावा राईलाई चिनेको समेत अरुण राईले निवेदनमा उल्लेख गरेको छन् । घरबेटीलाई नबोलाई ढोका धकेलेर घरभित्र छिरेको र उक्त क्रियाकलापले आफ्नो परिवारको सम्बन्ध र इज्जतमाथि आँच पुगेको निवेदनमा अरुण राईले बताएका छन् । तर विपक्षहरुले भने निर्वाचनपश्चात मात्रै छलफल गर्ने भनी टारेका छन् ।

LIVE TV