२३ बैशाख २०७९, शुक्रबार

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट प्रहरीले आज विभिन्न प्रकारका लागु औषध ८७३ एम्पुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० वर्ष २२ को असरफ अली रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

वीरगञ्जको रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हातमा मोबिलको डिब्बा बोकी शङ्कास्पदरूपमा भारत, रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले लागू औषधसहित अलीलाई पक्राउ गरेको थियो ।

अलीको साथबाट भेटिएको उक्त मोबिलको डिब्बामा लागु औषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको थियो । पक्राउ परेका अलीलाई लागु औषध कसुरसम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV