२३ बैशाख २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उम्मेदवारहरूमाथि कुप्रचार गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडाैंमा पाँच दलीय गठबन्धनद्वारा संयुक्त रुपमा आयोजित चुनावी सभामा मन्तव्य प्रस्तुत गर्ने क्रममा कसैको छोरी, श्रीमती भनेर महिला उम्मेदवारमाथि कुप्रचार गरिएको भन्दै अध्यक्ष प्रचण्डले त्यसप्रति आपत्ति जनाएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ । महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोशिस छ ।’

महिलालाई अपमान गर्नेहरुविरुद्ध उभिएका अध्यक्ष प्रचण्डले देशमा पुरुषहरुले राज गरे पनि केही उदाहरणीय काम नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV