२३ बैशाख २०७९, शुक्रबार

काठमाडौं । बम विस्फोटक अभियोगमा जेल चलान भएका कांग्रेस नेता अफताब आलमलाई थुनामुक्त नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।

यसअघि उच्च अदालतले आलमलाई थुनामा पठाउन आदेश दिए पनि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । शुक्रबार उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।

२०६४ सालमा कांग्रेसका सांसदसमेत रहेका आलममाथि रौतहटमा संविधानसभा निर्वाचनपूर्व बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ । उक्त आरोपसँगै सांसद पदबाट निलम्बित भएका उनलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV