२२ बैशाख २०७९, बिहीबार

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) बाट पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनी निलम्बनमा परेका छन् ।

स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विविध आरोपहरु लगाउँदै उनीहरुलाई निलम्बन गरिएको हो । केन्द्रीय समिति सचिवालयलको बैठकको निर्णयअनुसार उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि विप्लवले धर्मेन्द्र बाँस्तोला (कञ्चन) र हेमन्तप्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधवार बसेको बाँस्तोला र ओली पक्षीय नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV