२२ बैशाख २०७९, बिहीबार

एजेन्सी । रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि ‘कठिन रक्तपातपूर्ण लडाइँ’ गरिरहेको बताएका छन् । निरन्तरको हमलापछि रुसी फौज उद्योग क्षेत्र प्रवेश गरेको बीबीसीले जनाएको छ ।

बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र आश्रय लिएर बसिरहेको ठानिएको छ । स्टिल उद्योगमा रुसले हमला गरेको भन्ने विवरणहरूको बीबीसीले पुष्टि गर्न सकेको छैन ।

कमान्डर डेनिस प्रोकोपेन्कोले टेलिग्राममा एउटा संक्षिप्त भिडिओ राख्दै लेखेका छन्श– शत्रुको दबाब नियन्त्रणमा राख्न मेरा सेनाले मानवले गर्न सक्ने भन्दा ठूलो प्रयास गरिरहेको प्रति म गर्व गर्छु !! यहाँको अवस्था निकै कठिन छ ।’

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसङ्घलाई थप अपिल गरेका छन् ।

ूहाम्रा लागि सबै महत्त्वपूर्ण छन् । तिनीहरूलाई जोगाउन हामी तपाईँसँग मद्दत माग्छौँ,’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरससँग फोनमा कुरा गर्दै जेलेन्स्कीले भने।

प्रतिक्रिया दिनुहोस्
LIVE TV