२२ बैशाख २०७९, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गए रातिदेखि नै पानी परिरहेको छ । काठमाडौंमा रातिदेखि वर्षा भएको छ भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

देशका पहाडी भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । राति पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । वागमती प्रदेशसहित मुलुकका विभिन्न भागमा चट्याङसहित वर्षा हुने मौसम विभागको पूर्वानुमान छ ।

चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श महाशाखाले भनेको छ- ‘देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

आजको मैसम

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ , मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV