२१ बैशाख २०७९, बुधबार

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) प्रकरणको मुद्धा हेर्दाहेर्दैमा राखिएको छ । सोमबार प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) विश्वराज पोखरेलले वरिष्ठता मिचेर तेस्रो वरियतामा रहेका एआइजी धिरजप्रताप सिंहलाई आइजिपी बनाएको भन्दै सर्वाेच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्दाहेर्दैमा राखिएको हो ।

बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ भने अर्को सुनुवाइ बिहीबारका लागि तोकिएको छ । एआइजी पोखरेलले दायर गरेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो ।

बुधबार इजलासमा एआइजी पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए । सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । तर, आज बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV