२१ बैशाख २०७९, बुधबार

काठमाडौं । नेकपा (एमाले)बाट ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मिलनकुमार विष्ट (मनिष)विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो ।

भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पूर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिए ।

उनीविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान सुरु भएको छ । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुंगाबाट दोहोरो नागरिकता लिएको उजुरी परेको छ । भ

लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV