२० बैशाख २०७९, मंगलवार
  • ललिता साह,

सप्तरी । संविधानसभा सदस्य रञ्जु ठाकुरले ब्यूटिसियन पेशाले मध्यमवर्गीय महिलाहरूलाई आर्थिक रुपले सशक्त बनाउदै लगेको बताएकी छन् । मंगलबार सप्तरीको राजविराजमा आयुर ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन गर्दै संविधान सभा सदस्य ठाकुरले यस्तो बताएका हुन् ।

उनले भनेकी छन्, ‘बढ्दो बेरोजगारीका बीच आज सानो भन्दा सानो शहर बजारमा निम्न वर्गका युवा महिलाहरुले पनि सामान्य पार्लरको सीप सिकेर कम लागतमा घरेलु उद्योग जस्तो पार्लर खोलेर आफ्नो दैनिकी चलाएको यथार्थ हो ।’

जनता समाजवादी पार्टीका नेतृ समेत रहेकी संविधानसभा संविधान सभा सदस्य ठाकुरले धेरै लगानीमा बाहिर गएर सीप सिकेर रोजगार गर्ने आर्थिक हैसियत नभएका यहाँका ग्रामिण किशोरी तथा मध्यमवर्गी महिलाहरुलाई आफ्नै ठाउँमा कम लगानीमा दक्ष सीप सिक्नसक्ने सुविधा सम्पन्न पार्लर सञ्चालनमा आएको बताइन् । आयुरले बाहिर गएर सीप सिक्नुपर्ने बाध्यता र अभावलाई पूरा गर्ने उनको भनाइ छ ।

देशको राजधानी काठमाडौंका दशकौदेखि एकभन्दा बढी पार्लर तथा ट्रेनिङ्ग सेन्टर चलाउदै आएकी वरिष्ठ ब्युटिसियन तथा प्रशिक्षक सीता भगतले उक्त ट्रेनिङग सेन्टरको सञ्चालन गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV