१९ बैशाख २०७९, सोमबार

काठमाडौं । गायिका दीपा सुहाङ र गायक इन्द्रसुशील चोङ्वाङको स्वरमामा सुसज्जित नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

पूर्वेली लोक भाकामा समेटिएको ‘बर पीपल छायाँ’ बोलको गीत आईतबार ‘सिमिक्लुङ दर्पण’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा दिपेन्द्र खड्काको शव्द रहेको छ । त्यस्तै गीतमा गायक इन्द्रसुशिल चोङवाङले नै संगीतमा भरेका छन् ।

गीतको म्युजिक भिडियो दिपेन्द्र खड्काले निर्माण गरेका हुन् भने श्याम लिम्बूको संगीत संयोजन रहेको छ । त्यस्तैगरी म्युजिक भिडियोलाई कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका छन् ।

भिडियोमा नेहा लिम्बू, इन्द्रसुशील चोङवाङ र दीपा सुहाङको अभिनय देख्न सकिन्छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्
LIVE TV