१९ बैशाख २०७९, सोमबार

एजेन्सी । बार्सिलोना स्पेनि ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मालोर्कालाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।

बार्सिलोनालाई जित दिलाउनको लागि मेम्फिस डिपाए र सर्जियो बुस्केटले समान एक-एक गोल गरे । मालोर्काको लागि एन्टोनियो राइलोले एक गोल गरे ।

खेलको २५औँ मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए । ५४औँ मिनेटमा बुस्केटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ७९औं मिनेटमा एन्टोनियो राइलोले गोल गरेपनि मालोर्काको हार टर्न सकेन ।

यो जितसँगै बार्सिलोनाले ३४ खेटबाट ६६ अंक जोडेको छ । रियल म्याड्रिडले ३४ खेलमा ८१ अंक जोड्दै उपाधि जितिसकेको छ । पराजित मालोर्का ३२ अंक सहित १६औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV