१९ बैशाख २०७९, सोमबार

खोटाङ । ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका सत्ता गठबन्धनविरुद्ध बागी उठेकालाई कांग्रेसले कारबाही गरेको छ । उक्त गठबन्धनका उम्मेदवार बनेका माओवादी केन्द्रका श्रीबहादुर राईविरुद्ध उम्मेदवारी दिएका सन्तवीर तामाङलाई कारबाही गरिएको हो ।

ऐंसेलुखर्क गाउँपालिका कांग्रेस सभापति समेत रहेका तामाङलाई पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । उनलाई विधानको दफा ३४ को उपदफा ४ ९क० बमोजिम कारबाही गरिएको जोशीले सुनाए ।

स्वतन्त्र उम्मेदवारीपछि तामाङलाई निर्वाचन कार्यालयले मुढा चुनाव चिन्ह दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV