१८ बैशाख २०७९, आईतवार
  • ललिता साह

वोदेवर्साइन ( सप्तरी ) । नेकपा एमालेबाट राजविराज नगरपालिकाको उपप्रमखु (उपमेयर) मा मनोनयन दर्ता गराएकी ममता चौधरीको मनोनयन दर्ता रद्द नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार चौधरीको उम्मेदवारी कायम राख्न सर्वोच्चले निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो । निर्वाचन आयोगले बन्द सूचीका क्रममा चौधरीको मनोनयन दर्ता समावेश नगरेपछि चौधरी न्यायका लागि सर्वाेच्च पुगेकी थिइन् ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उपमेयरको उम्मेदवारी चौधरीको नाममा आदेश जारी गर्दै वैशाख २० गते आयोगलाई छलफलका लागि बोलाएको छ ।

सोमबार मनोनयन दर्ता गराएकी चौधरीको मनोनयन दर्ता रद्को विकल्प नरहेको भन्दै यसअघि नै सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले बताएका थिए ।

LIVE TV