१८ बैशाख २०७९, आईतवार

काठमाडौं । नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाका उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । त्यस्तै उनले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई विदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाइन् ।

आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘कार्यस्थलमा महिलाहरुलाई सुरक्षित हुने खालको हामी प्रबन्ध गर्नेछौं । त्यतिमात्रै होइन–महिलाहरुलाई हामी समान ज्यालाका लागि आवाज उठाउने छौं । महिनावारीको समयमा धेरै जना महिलाहरुलाई कार्यालय जान गाह्रो हुन्छ । त्यो गाह्रो महिलाबाहेक पुरुषहरुले कमै मात्र बुझ्नु हुन्छ होला । विशेषगरी महिनावारीको समयमा हामीले विदाका लागि कसरी प्रबन्ध गर्न सक्छौं, त्यसका लागि नीत र कार्यक्रमहरु ल्याउनेछौं ।’

डंगोलले महिलाहरुलाई पुरुष सरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने संकल्प गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV