१८ बैशाख २०७९, आईतवार

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिकाको अध्यक्ष बुद्धिकिरण राई सोलुखुम्बुकै सबैभन्दा असक्षम अध्यक्ष दरिएका छन् । नेपाल सरकार प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा सोलुखुम्बुका ८ स्थानीय तहमध्ये बुद्धिकिरण राईले नेतृत्व गरेको माप्य दूधकोशी गाउँपालिका सबैभन्दा अन्तिम स्थानमा रहेको छ ।

यसले २०७९ बैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा पुनः गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका राईलाई माप्य दूधकोशीका नागरिकले असक्षम नेतृत्वका रुपमा चिन्न थालेका छन् ।

नेकपा (माओवादी केन्द्र)का सागर किरातीले नेतृत्व गरेको महाकुलुङ गाउँपालिका ६७.१७ अंक ल्याएर प्रथम हुँदा ६३.६२ अंक ल्याएर सोही पार्टीका असिम राईले नेतृत्व गरेको थुलुङ दूधकोशी गाउँपालिका दोस्रो बनेको छ । तर, नेकपा (एमाले)का बुद्धिकिरण राईले नेतृत्व गरेको माप्य दूधकोशी गाउँपालिकाले भने जम्मा ४६.१४ अंक मात्रै प्राप्त गरेको छ ।

२०७९ बैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा पुनः गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका राईलाई माप्य दूधकोशीका नागरिकले असक्षम नेतृत्वका रुपमा चिन्न थालेका छन् ।

स्थानीय तहहरुले पेश गर्ने बजेट, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलगायतका विषयलाई आधार मानेर आयोगले मूल्याङ्कन गरेको थियो ।

यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघिय सरकारबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि माप्य दुधकोशी गाउँपालिकामा अध्यक्ष राईले समयभित्र बजेट पेश गर्न सकेका थिएनन् । त्यसआधारमा यस गाउँपालिकामा आउँदो आर्थिक वर्षमा संघीय सरकारबाट प्रदान हुने समानीकरण अनुदान रकममा कटौती हुने निश्चित भएको छ ।

सोलुखुम्बुभरिकै असक्षम गाउँपालिका अध्यक्षका रुपमा चिनिएका राईलाई पुनः मतदान गर्नुपर्ने आधार मतदाताहरुले खोज्न थालेका छन् । उनका प्रतिद्वन्दीका रुपमा गठबन्धनको तर्फबाट चन्द्र बहादुर राई चुनावी मैदानमा उत्रिएका छन् ।

बुद्धिकिरण राईको ५ वर्षे कार्यकाल हेरेका मतदाताहरु नयाँ उम्मेदवाराई परीक्षण गर्ने पक्षमा देखिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको गठबन्धनले चुनाव जित्नेमा मतदाताहरु आशावादी रहेका छन् । २०७४ को मतभार हेर्ने गठबन्धनभन्दा नेकपा (एमाले) ६६६ मतले पछि रहेको छ ।

यो पनि पढ्नुहोस्

आफैले विनियोजन गरेको बजेट आफ्नै कम्पनीलाई ठेक्का पार्दै बुद्धिकिरण

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV