
सिन्धुपालचोक । सिन्धुपालचोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा परी माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरेर माओवादी कार्यर्तालाई घाइते बनाएको आरोप लागेको छ ।
आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका एमाले पक्षबाट आक्रमण भएको माओवादीले दाबी गरेको छ ।
माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञेप्ती जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारावही गर्न प्रशासनसँग माग गरेका छन् ।