१८ बैशाख २०७९, आईतवार
  • विनय तिम्सिना

इलाम । इलाम नगरपालिका- ८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । विगत ३ दिनदेखि बेपत्ता स्थानीय अंदाजी ३१ वर्षीय विनिता काफ्लेको शव गाडिएको अवस्थामा शनिबार फेला परेको हो ।

खनेको ठाउँ  देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले घटनास्थलबाट गाडिएकाे अवस्थामा शव निकालेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाका अनुसार महिलाको शव घाँटी रेटी टाउको र शरीरिको भाग छुट्टयाएको अवस्थामा फेला परेकाे हाे । उनकाे हात पनि काटेर टुक्रा पारिएकाे अवस्थामा शव भेटिएको हाे ।

घटना प्रकृति हेर्दा विनिताकाे हत्या गरी जमिनमा गाडिएको सजिलै बुझ्न सकिने थापाले बताए । घटनाको थप अनुसन्धान जारी रहेको र हत्याराको पहिचान नजिक पुगेको पनि उनले बताए ।

विनिताका पतिकाे २ वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियाे । उनकी ४ वर्षीया एक छोरी रहेको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV