१७ बैशाख २०७९, शनिबार

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट काठमाडौं आउँदै गरेको बुद्ध एयर जहाजकाे टायर धावनमार्गमा गुड्ने क्रममा पड्किएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतका अनुसार दुई बालबालिकासहित ७० जना यात्रु बोकेको जहाजको टायर पड्किँदा विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको छ ।

अवतरणका क्रममा टायर पड्किदा भैरहवामा आउने जहाजलाई अन्यतर्फ नै डाइभर्ट गरिएको बताइएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV