१७ बैशाख २०७९, शनिबार

काठमाडौं । भरतपुर महानगरको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । जसमा पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका हुन् ।

नेता पौडेल नेपाली काँग्रेसका पुराना नेता हुन् । तर सत्ता गठबन्धनको भागबण्डाको क्रममा भरतपुरको मेयर माओवादीलाई परेपछि उनले बागी उम्मेदवारी दिएका थिए ।

काँग्रेसका नेताहरुसहित गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता गर्न आग्रह गरेपनि उनले निर्धारित समायमा पनि उम्मेदवारी फिर्ता नलिएपछि उनी कारवाहीमा परेका थिए । त्यसपछि उनी स्वतन्त्रको उम्मेदवार बन्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV