१७ बैशाख २०७९, शनिबार

लन्डन । भूतपूर्व गोर्खाहरुले बेलायतबाट पाउने गरेको पेन्सन अझै पनि भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’मा जम्मा हुने गरेको छ । यसका कारण नेपाललाई करोडौँको घाटा हुने भन्दै गोर्खाहरुले उक्त पेन्सन अब सीधै नेपालको केन्द्रीय बैंकमा जम्मा गर्नुपर्ने माग गरेका छन् ।

बेलायतस्थित नेपाली राजदूतावासमार्फत उनीहरुले अर्थमन्त्रीलाई उक्त व्यवस्थाका लागि पत्र लेखेका छन् । गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान यूके नेपालका प्रमुख संयोजक सन्तोष थलङले उक्त पत्र लेखेका हुन् ।

पत्रअनुसार अहिलेसम्म उक्त पेन्सन रकम बेलायतबाट पाउण्ड स्टर्लिङ लाई भारुमा कन्भर्ट गरेर भारतीय बैंक हुँदै नेपाल आउने गरेकोमा अब पाउण्ड स्टर्लिङ नै सीधै नेपालको राष्ट्र बैंकमा पठाउने व्यवस्था मिलाइनुपर्ने माग छ । उनीहरुले बेलायत सरकारसँग पनि यस विषयमा माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV