१६ बैशाख २०७९, शुक्रबार

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘मायाको नाटक’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दिनेश राज पुरीको शब्द सिर्जना रहेको गीतमा नवीन कार्कीको संगीत रहेको छ । विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल गरिमा शर्मा र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

त्रिकोणत्मक प्रेम कथामा बनेको भिडियोमा बिक्रम र गरिमाका अलावा संगम मल्ल ठकुरीको पनि अभिनय देख्न सकिन्छ । प्रेमिकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् ।

प्रकाश खड्काको छायाङ्कन, मिलन बिकको कलर र सम्पादन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV