१६ बैशाख २०७९, शुक्रबार

काठमाडौं । विराटनगर महानगरपालिकाको प्रमुख, उपप्रमुख (मेयर, उपमेयर) सहित विभिन्न पदमा उम्मेदवार बनेका २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार शुक्रबार प्रमुख पदमा ३, उपप्रमुख पदमा २ र विभिन्न पदमा उम्मेदवार बनेका २३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

मेयर पदको उम्मेदवारी फिर्ता लिनेहरुमा राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेल उम्मेदवारीबाट पछि सरेका छन् ।

अन्य विभिन्न पदका लागि उम्मेदवारी बनेका २३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV