१६ बैशाख २०७९, शुक्रबार

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाको वडा नम्बर ५ मा नेकपा (माओवादी केन्द्र)ले खाता खोलेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक असिम राईका अनुसार माओवादी केन्द्रको तर्फबाट वडा सदस्यमा शर्मिला हिङमाङ निर्विरोध निर्वाचित भएकी हुन् ।

संयोजक राईले भनेका छन्, ‘सोलुखुम्बुमा माओवादी केन्द्रले जीतको पहिलो खाता खोल्यो । थुलुङ दूधकोशी–५ को दलित महिला वडा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार क. शर्मिला हिङमाङ निर्विरोध निर्वाचित । हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।’

निर्वाचन अधिकृतका अनुसार नेपाली कांग्रेसकी विमला नेपालीले पनि वडा सदस्यमा उम्मेदवारी दर्ता गराएकी थिइन् । तर, विमलाले आफ्नै खुसीले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रकी शर्मिला निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन अधिकृतले विज्ञप्ती निकाल्दै विमलाले शुक्रबार नै आफ्नो उम्मेदवारी फिर्ता लिएकी जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV