१५ बैशाख २०७९, बिहीबार

काठमाडौं । गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् ।

आफू कार दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले ‘एउटा अर्को युद्ध जितियो जिन्दगीसँग’ भन्दै आफू दुर्घटनामा जानकारी दिएका छन् ।

उनकाअनुसार दाङ तुलसीपुरको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रमोद चढेको बा २० च ६२५७ नम्बरको कार मंगलबार राति १ बजेर १० मिनेटमा घोराही उपमहानगरपालिका– ४ गोपीचोकमा दुर्घटनामा परेको हो ।

आयोजकले हाँकेको कार सडकको पर्खालमा ठोक्किएर दुर्घटना भएको र आफू ४५ मिनेट बेहोस भएको प्रमोदले बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्- ‘काठमाडौंमा रेकर्डिङ सकाएर हिजो साँझको फ्लाइट लिएर तुलसीपुर दाङको कार्यक्रमका लागि राति १ बजे होटल पुग्नु अगाडि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो, अर्ध निन्द्रा मै मेरो होस त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसाउँदा मात्रै झन्डै ४५ मिनेट पछि मेरो होस आएछ ।’

दुर्घटनामा घाइते भएका उनलाई तत्कालै दाङ अस्पताल पु¥याइएको थियो । अहिले प्रमोदको अवस्था सामान्य छ । केही दिनको लागि रेकर्डिङ र कार्यक्रम स्थगित गरेको उनले जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV