१५ बैशाख २०७९, बिहीबार

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९८ हजार तोकिएको छ । यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३२० मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV